PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ॠषिका थापा बनिन् ‘क्यापिटल क्वीन नेपाल २०१८’



पहिलोपोस्ट

ॠषिका थापा बनिन् ‘क्यापिटल क्वीन नेपाल २०१८’

काठमाडौं : ‘क्यापिटल क्वीन नेपाल २०१८’ को उपाधि मिस ॠषिका थापाले जितेकी छिन्। ‘क्यापिटल क्वीन नेपाल’को चौथो संस्करणमा सहभागी १४ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित विभिन्न उपहार पाइन्। त्यस्तै प्रतियोगिताको फस्ट रनरअप अनिशा श्रेष्ठ र सेकेन्ड रनरअप दीबिना शाही घोषित भए।

अमाजोन ईन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगितामा प्रतिस्पर्धीको अनलाइन भोटिङ राखिएको थियो। अनलाइन भोटिङ मार्फत पब्लिक च्वाइस अवार्ड गंगा कंडेलले पाइन्।  

त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट ट्यालेन्ट स्‍मृति लुङेली, मस्ट ईन्टिलिजेन्ट ॠषिका थापा, मस्ट चार्मिङ निमा बम्जन, बेस्ट क्याटवाक अस्मिता राई,बेस्ट फोटोजेनिक सुनिता स्याङ्गतान मस्ट स्मार्ट दीबिना शाही, मस्ट कन्फिडेन्ट अनिशा श्रेष्ठ, बेस्ट पर्सानालिटी गंगा कंडेल,मस्ट एक्टिभ गंगा राइ, बेस्ट डिसिप्लिन देवी तामाङ,मस्ट पपुलर निमा बम्जन भए।

कार्यक्रमको निर्णायकमा गयाक यम बराल, गायक कर्मा शेर्पा, अभिनेत्री जान्वी बोहरा, मिस्टर हेन्डसम नेपाल बिजेता मिलन रेग्मी, मिसेस ग्लोबल नेपाल बिजेता दुर्गा पौडेल रहेका थिए। प्रतियोगितामा हिमानी सुब्बाको कोरियोग्राफी रहेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell