PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि क-कसले जिते



पहिलोपोस्ट

‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि क-कसले जिते

काठमाडौं: ‘मिस्टर एण्ड मिस टिन इन्टरनेशनल २०१८’को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले जितेका छन्। खेमराजले फोटोजेनिक र सिमरनले क्याटवाक र फोटोजेनिकको उपाधि पनि जिते।

प्रतियोगीतामा मिस्टर टिन तर्फ र्‍याम्पवाक र फेसबुक च्वाइस टाइटल उपाधि फस्टरनरअप सन्तोस कुमारले पाए।  सेकेन्ड रनरअप  कुमार राणाले मिस्टर ट्यालेन्ट र पपुलरको उपाधि जिते। त्यस्तै किरण सापकोटाले भने पब्लिक च्वाइस र युट्युब बेस्टभियुर उपाधि प्राप्त गरे। त्यस्तै मिस टिन तर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नती कटुवाल क्रमस फस्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए। खड्काले बेस्टस्माइल, मिश्राले बेस्टस्पिच, कुटुवालले मस्टगर्जियस उपाधि प्राप्त गरे। अंजिता ठकुरी पब्लिक च्वाइस र फेसन आइकन उपाधि बिजेता बनिन्।

भरोसा दाहालले मिस ट्यालेन्ट र फेसबुक च्वाइस, बर्षा सुनुवारले बेस्टडान्स, रिदीमा आरल शाही बेस्टस्कीन, मनिषा गिरीले मस्टपपुलर, म्यानेजमेन्ट च्वाइस र युट्युव बेस्टभ्युर, इश्वरी श्रेष्ठले मस्टफ्रेण्डी, प्रियंका सुब्बाले बेस्टफिजिक र इन्दिरा पन्थले मिस कन्जिनियालिटीको उपाधि जिते। ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजना सम्पन्न कार्यक्रममा आशिष मिश्र कार्यक्रम निर्देशक थिए। कार्यक्रममा ‘मिसेस युनिभर्सल नेपाल २०१८’ समेत छानिएको थियो।

सुस्मा लामाले बेस्ट सिङ्गर सहित ‘मिसेस युनिभर्सल नेपाल २०१८’को उपाधि ताज हासिल जितिन्। प्रतियोगीतामा बेस्टडान्स सहित सुहिना अधिकारी फस्टरनरअप, बेस्टस्माइल सहित रिना खड्गी सेकेन्ड रनरअप र मिसेस ट्यालेन्ट, पपुलर र फोटोजेनिक सहित सम्झना बस्नेत थर्ड रनरअफ घोषित भए।

अश्विनी कान्त झाको कोरियोग्राफी रहेको कार्यक्रममा हिमानी गाँह थापाले पब्लिक च्वाइस सहित फेसबुक च्वाइस र मस्टक्रियटिभ उपाधि जितिन्। प्रतियोगीतामा सुनैमी थापा राईले बेस्टर्‍याम्पवाक, देबी महर्जनले मस्टगर्जियस, दीपिका सुवालले बेस्टपर्सनालिटी र युट्युब बेस्टभ्युर, समि तामाङले भ्लोन बेस्टस्क्रिन, लक्ष्मी लामाले बेस्टहेयर उपाधि र सविना थापाले म्यानेजमेन्ट च्वाइस जिते।

‍ प्रतियोगीताका निर्णायकमा अभिनेता आयुस रिजाल, गजित बिष्ट, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल इन्टरनेसनल २०१७ बिजेता सुरुचि पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ की बिजेता एलिजा महर्जन रहेका थिए।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell