PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

के हो कांग्रेस नेता चक्र बास्तोलाको स्थिति?



के हो कांग्रेस नेता चक्र बास्तोलाको स्थिति?

काठमाडौं : ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्र बास्तोलाको अवस्थाबारे भिन्नभिन्न खबर आइरहेका छन्। उनको स्थिति के हो त ? 

बास्तोलाकी भतिजी सरिता प्रसाइँले बाँसबारीस्थित न्युरो अस्पतालले 'मेडिकल्ली नो मोर' भनेर उनलाई फर्काएको पहिलोपोस्टलाई बताइन्। 

बास्तोलाका निजी सचिव राधाकृष्ण काफ्लेका अनुसार अवस्था अहिलेसम्मकै क्रिटिकल भएको हो तर मृत्युको घोषणा भइसकेको छैन। उनलाई दिउँसो १ बजे अस्पतालबाट ल्याइएको काफ्लेले जानकारी दिए।  

बास्तोलालाई आज बिहान बाँसवारी अस्पतालमा इमरजेन्सीमा भर्ना गरिएको थियो। अस्पताल प्रशासनका अनुसार उनलाई चिन्ताजनक अवस्थामा अस्पताल ल्याइएको थियो। इमर्जेन्सीमा भर्ना गरेकाे र १ घण्टामा पनि अवस्था नसुध्रिएपछि उनलाई घर फर्काइएकाे थियो। अस्पतालले बिरामीलाई न अन्य अस्पताल रिफर गरेको थियो, न त्यही अस्पतालमा राख्यो। अन्तिम अवस्था भएर परिवारले नै घर लगेकाे अस्पताल प्रशाशनले जानकारी दियो।

यसअघि कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले शनिबार दिउँसो उनकै निवासमा बास्तोलाको निधन भएको जानकारी दिएका थिए।

२०६९ पुस १४ मा मोरङ विराटचोकमा आयोजित एक कार्यक्रममा सम्बोधनका क्रममा उनी मस्तिष्कघातका कारण लडेका थिए। त्यसयता उनी अर्धचेत अवस्थामा थिए। 

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका बास्तोला भारतका लागि नेपाली राजदूतसमेत भएका थिए।

(*यसअघि कांग्रेस केन्द्रीय कार्यालयका सचिवको जानकारीका आधारमा प्रकाशित समाचारमा मृत्युको आधिकारिक घोषणा नभइसकेको जानकारी आएपछि थप विवरणसहित अपडेट गरिएको)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell