PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रधानमन्त्रीले आफ्नै निवासमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

प्रधानमन्त्रीले आफ्नै निवासमा गरे पुस्तक विमोचन, दर्शकदीर्घामा आइजी सर्वेन्द्र

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अनिल पौडेल*को पुस्तक आफ्नै निवास बालुवाटारमा शनिबार मध्याह्न विमोचन गरेका छन्।

प्रधानमन्त्रीले पुस्तक विमोचन गरिरहँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि दर्शक दीर्घाको बीचमा सिभिल ड्रेसमा उपस्थित थिए। उनी बालुवाटारमा उपस्थित नेकपाका कार्यकर्ता, लेखकका आफन्तहरुको बीचमा देखिएका थिए।   
 
प्रधानमन्त्री ओलीले पौडेलले लेखेको 'इमानको इन्द्रेणी' किताब विमोचन गरेका हुन्। पौडेल साझा प्रकाशनका सञ्चालक समितिमा सदस्यसमेत रहेका थिए।

केही समयअघि ओली वंशको भेला बालुवाटारमा भएको थियो। भदौ २२ गते भएको उक्त भेलामा प्रधानमन्त्री ओलीका बुवालाई सम्मानसमेत गरिएको थियो।

आज त्यही स्थानमा एमाले नेताको किताब विमोचन भएको हो।  

पुस्तक नेकपाका नेता केशव वडालको जीवनमा आधारित छ। 

मानिसलाई मरेपछि मात्र प्रशंसा गर्ने चलनको अन्त्य गर्दै जीवित छंदै प्रशंसा गरेर पुस्तक लेखेकोमा प्रधानमन्त्री ओलीले लेखक पौडेललाई धन्यवाद दिए।

(*सच्याइएको : यसअघि पुस्तक लेखक अनिल पौडेल प्रधानमन्त्री ओलीको छिमेकी उल्लेख भएकोमा सच्याइएको छ। उनी संखुवासभाबाट झापाको छिमेकी जिल्ला मोरङमा बसाइँ सरेका हुन्, झापाको घरका छिमेकी हैनन्।)


ट्रेन्डिङ पोस्ट

Ncell