PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


बिरामी खसी बेच्नेलाई जरिवाना


बिरामी खसी बेच्नेलाई जरिवाना

घोराही: घोराही उपमहानगरपालिकाले बिरामी खसी बेच्ने र काट्नेलाई आज जरिवाना गरेको छ। 

उपमहानगरपालिका–१५ बिपी चोक नजीकैबाट बिहान बिरामी खसी बेच्ने शङ्कर चौधरी र काट्नका लागि खरिद गर्ने सस्लाम कुरैसीलाई जनही रु एक एक हजार जरिवाना गरिएको हो। उपमहानगरको बजार व्यवस्थापन कार्यविधि २०७४ बमोजिम चौधरी र कुरैसीलाई जरिवाना गरिएको जनाइएको छ। खसी बोक्ने टेम्पो चालक दलबहादुर विश्वकर्मालाई भने पहिलो पटक भन्दै सचेत गराइएको छ। 

उपमहानरगरपालिका–१४ का वडाध्यक्ष शक्तिराम डाँगीको संयोजनमा वडा सदस्य, उद्योग वाणिज्य सङ्घ, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी र टेम्पो व्यवसायीका प्रतिनिधिको छलफलबाट दुवै जनालाई जरिवाना गरिएको हो।रासस



बिरामी खसी बेच्नेलाई जरिवाना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट