PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संविधान लागु गराउन नसकेको भन्दै देउवाले गरे सरकारको आलोचना



संविधान लागु गराउन नसकेको भन्दै देउवाले गरे सरकारको आलोचना

चितवन: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

सभापति देउवाले संविधान उत्कृष्ट भए पनि त्यसलाई लागू नगराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरे। शुक्रबार नेपाल प्रेस युनियन, चितवन शाखाको ८ औं जिल्ला अधिवेशनलाई चितवनमा उद्घाटन गर्दै देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि पनि हनन् गरिरहेको आरोप लगाए। सभापति देउवाले नागरिकको अधिकारसमेत हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गरेको दावी गर्दै प्रतिकार गर्ने चेतावनी पनि दिए।

सभापति देउवाले आफ्नो पार्टी सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे। कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell