PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘छक्का पञ्जा ३’को दर्शक क्रेज, मल्टिप्लेक्समा समेत अघिल्लै दिन 'सोल्ड आउट'



पहिलोपोस्ट

‘छक्का पञ्जा ३’को दर्शक क्रेज, मल्टिप्लेक्समा समेत अघिल्लै दिन 'सोल्ड आउट'

काठमाडौंः  घटस्थापनाको दिन (बुधबार) बाट प्रदर्शनमा आयो फिल्म ‘छक्का पञ्जा ३’। पछिल्ला संस्करणको चर्चा, व्यवसायिक रिपोर्ट अनि दर्शक क्रेजका कारण दर्शकसँगै उत्साहित थिए हल सञ्चालकहरु पनि।  

फिल्मको मंगलबार नै बुकिङ खुल्यो। बुकिङ आक्रमक बनेपछि अन्य विदेशी फिल्मको सो घट्यो। यस्तोमा प्रदर्शनको पहिलो दिन (बुधबार) हलहरु हाउसफूल रहनु स्वभाविक थियो। 

बुधबार ९० प्रतिशत अकुपेन्सी रहेको रिपोर्ट सार्वजनिक भयो। बिहीबार र शुक्रबार भने दर्शक फ्लो केही कम भएको बताए क्यूएफएक्सका सिइओ रोशन अधिगाले।

शुक्रबार सिभिलको ७:१५ को सो सोल्ड आउट भइसकेको छ। त्यस्तै लबिम मलको ६:३० को सो पनि सोल्ड आउट भइसकेको छ। क्यूएफएक्सले शुक्रबार फिल्मलाई १० सो दियो। एफक्यूबले ११, बियसआरले सर्वाधिक १२ सो दिए। क्यूजले ११ सो दियो भने सिटिसी मलको सिने डि सेफले दिएको  ११ सोमा छ सोको टिकेट सो सोल्ड आउट भइसकेका छन्। त्यस्तै सिंगल थिएटर रहेका गुण अष्टनारायण,गोपीकृष्णमा पनि फिल्म हाउसफूल नै रहेको वितरक गोपालकाजी कायस्थले बताए।  

शनिबारका लागि बुकिङ खुल्ला भएसँगै टिकट सोल्ड आउट हुन थालेका छन्। लबिममा शनिबारका २ सो सोल्ड आउट भइसकेका छन्। क्यूएफएक्सले शनिबारका लागि ३३ सो दिएको छ। सिने डि सेफकोले १२, क्यूजले १२ र एफक्यूबले १२ सो दिएका छन्।

फिल्मबारे क्यूएफएक्सका सिइओ रोशन अधिगाले भने ‘बुधबार फिल्मको सो हाउसफूल नै गयो। हलहरुमा ९० प्रतिशत दर्शक अकुपेन्सी रहेको थियो। बिहानी सोमा दर्शक केही कम देखिए पनि तीन बजेपछि पिकअप लियो।’

क्यूएफएक्सका नियमित दर्शकनै फिल्म हेर्न उपस्थित रहेको उनले बताए। ‘बिहिबार र शुक्रबार केही कम रह्यो। प्राइम टाइम १२ ३ र बेलुकाको सो हाउसफूल नै छ। धेरै चल्ने हलहरु सिभिल मल र लबिम मलका हलहरु हाउसफूल नै छन्। मान्छे मजाले आएका छन्।‘

वितरक गोपालकाजीले ‘दशैं अघिको व्यस्त समयमा दर्शक आएको दाबी गर्छन्। 'किनमेल र गाउँ जाने समयमा पनि यतिका दर्शकको साथ पाएका छौं।' उनले त फिल्म छक्का पञ्जाले सबै हलको समेत उद्दार गरेको दावी गरे। फिल्मले बुधबार १ करोड २० लाख कमाएको जानकारी दिए। बिहीबार ९० लाख कमायो। 'आज शुक्रबार पनि म हलमा छु फिल्म हेर्न दर्शकको भिड नै छ। दुई दिनमा फिल्मले २ करोड २० लाख कमाएको छ।’

निर्देशक दीपा श्री निरौलाले दर्शकको साथले आफूलाई जिम्मेवारी बोध भएको बताइन्। उनले फिल्मको माउथ पब्लिसिटी नै राम्रो रहेको तर्क गरिन्। भनिन्, ‘दर्शकहरुले एकदम धेरै मन पराइदिनुभएको छ फिल्मलाई। यसपालीको विषयलाई पनि रुचाइदिनुभयो। राज्यले सम्बोधन गर्नुपर्ने विषय उठाएको प्रतिक्रिया आइरहेको छ।‘

क्यूज सञ्चालक सुमित मैनालीले पनि छक्का पञ्जा ३ को दर्शक फ्लो राम्रो रहेको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell