PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

महिलामाथि हुने अपराधिक गतिविधि कम गर्न मदिरा सेवन नियन्‍त्रणको विकल्प छैनः गृहमन्त्री थापा



पहिलोपोस्ट

महिलामाथि हुने अपराधिक गतिविधि कम गर्न मदिरा सेवन नियन्‍त्रणको विकल्प छैनः गृहमन्त्री थापा

काठमाडौँः गृहमन्त्री रामबहादुर थापाले महिला, बालबालिकामाथि भइरहेको हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना सरकार एक्लैले नियन्त्रण गर्न नसक्ने बताएका छन्। 

उनले यसलार्इ नियन्त्रण गर्न जनता र सरकार दुवैको संयुक्त प्रयास अनिवार्य रहेको स्पष्ट परे। शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको महिला हिंसासम्बन्धि अन्तरक्रिया कार्यक्रममा गृहमन्त्री थापाले महिला र बालबालिकामाथि हुने जघन्य अपराधका घटनाको मुख्य कारण मदिरा सेवन भएको बताए।

७० प्रतिशतभन्दा बढी महिला र बालबालिकामाथि हुने जघन्य अपराधको कारण मदिरा सेवन भएको गृह मन्त्रालयको निष्कर्ष रहेको सुनाउँदै गृहमन्त्री थापाले त्यसलाई नियन्त्रण गर्न सरकार र जनता दुबैले सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको दोहोर्‍याए।

गृहमन्त्री थापाले मुलुकलाई विखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखेको दाबी गरे। उनले अझै पनि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले द्वन्द्व निम्त्याउन खोजिरहेको उल्लेख गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुःखी बनाउने गरी सरकारले समृद्धिको अभियानलाई अघि बढाएको बताए।

गृहमन्त्री थापाले समृद्धिको बाधकको रुपमा रहेका सबै खालका तत्वलाई परास्त गर्दै अघि बढने दृढता पनि व्यक्त गरे।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell