काठमाडौं: गायक सुराच प्रसाई दशैं गीत लिएर दर्शक माझ आएका छन्। उनले ‘यो दशैं, यो तिहार’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन्। सुराचको शब्द,संगीत र स्वर रहेको गीतको भिडियोमा सुराच र सम्पदा बानियाँ फिचर्ड छन्। गीतलाई देवेन्द्र महतले एरेन्ज गरेका हुन्।
गीतबारे सुराचले भने ‘लाखौंको संख्यामा नेपाली युवाहरु वैदेशिक रोजगारीमा छन्। उनीहरु न दशैँ भन्न पाउँछन् न तिहार। उनिहरुलाई पनि त यी चाडपर्वले छुँदो हो। गीतले त्यहि मर्म बोकेको छ।'
विभोर पोखरेलले गीतको भिडियो निर्देशन गरेका हुन्। गायक प्रसाईले यसअघि ‘तिमी बाँचेर यो देश बन्छ भने’, ‘नाइलनको सारी’, ‘मायालाई यसपाली’, ‘बन्छ नेपाल’ सार्वजनिक गरिसकेका छन्।