PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रदेश २ मा बन्न लागेको प्रहरी ऐन संविधान बमोजिम नै : मुख्यमन्त्री राउत



राधेश्याम पटेल

प्रदेश २ मा बन्न लागेको प्रहरी ऐन संविधान बमोजिम नै : मुख्यमन्त्री राउत

वीरगंज: मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले बनाउन लागेको प्रदेश प्रहरी ऐन संविधानको भावना बमोजिम आउन लागेको बताएका छन्।

जनकपुरमा ६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालय प्रदेश नं. २ ले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभाबाट पारित हुने जानकारी गराए।

प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण गर्नु आजको आवश्यक्ता रहेको उनले चर्चा गर्दैै समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन बमोजिम नै हुने मुख्यमन्त्री राउतले स्पष्ट पारे।

संविधानले नै सहकार्य र सहअस्तित्वको परिकल्पना गरेको हुनाले सोही बमोजिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन गर्न लागेको बताए। प्रहरी संगठनले परिवर्तित परिवेशको भावना अनुरुप कार्य गर्ने विश्वास लिएको छु– उनले भने, ‘प्रदेश प्रहरी प्रदेश सरकारको अभिन्न अंग हो, यसले संघीयतालाई आत्मसात गर्छ।’

आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अवशेषमुखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। प्रदेश २ का प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला हिंसा न्युनिकरणमा समाज र प्रहरीको दायित्व विषयक निबन्ध प्रतियोगितामा उत्कृष्ट गरेका छात्रछात्राहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell