PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु 



एम बम

बस र मोटरसाइकल ठोक्किँदा कैलालीमा २ जनाको मृत्यु 

कैलालीः पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिकास्थित वनखेतमा आज दिउँसो भएको सवारी दुर्घटनामा गम्भीर घाइते दुई जनाको मृत्यु भएको छ। 

दुर्घटनामा परी गोदावरी– ६ का मोटरसाइकलमा सवार २८ वर्षीय हेमन्त साउद र सोही ठाउँका २६ वर्षीय विक्रम खड्काको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। 

आज दिउँसो बस र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुवैजनाको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ५ ख ८०४९ नम्बरको बस र  विपरित दिशाबाट आउँदै गरेको से ५ प ७५३६ नम्बरको पल्सर मोटरसाइकल वनखेतमा एकआपसमा ठोक्किएका थिए। 

दुर्घटनामा घाइते भएका दुबैलाई पद्मा अस्पतालमा सामान्य उपचारपछि भारतको वरेली लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुबै जनाको शव पोस्टमार्टमका लागि धनगढीको सेती अञ्चल अस्पताल ल्याइएको छ। बस र चालकलार्इ प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell