PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसिड आक्रमणमा परेकी वसन्तीलाई पूर्व मिस नेपालले जुटाइन् ९२ हजार



एसिड आक्रमणमा परेकी वसन्तीलाई पूर्व मिस नेपालले जुटाइन् ९२ हजार

काठमाडौं: नवलपरासीमा एसिड आक्रमणमा परेकी वसन्ती परियारलाई पूर्व मिस नेपाल मलिना जोशीले ९२ हजार रुपैयाँ सहयोग जुटाएकी छिन। जोशीले शिक्षण अस्पताल पुगेर वसन्तीकी आमा कल्पना परियार र उनका श्रीमान यमनारायलाई सहयोग रकम हस्तान्तरण गरेकी हुन्।

आजै एसिड पीडित सिमा बस्नेतले पनि  यमनारायणलाई १ लाख रुपैयाँ  जुटाएर हस्तान्तरण गरेकी थिइन्।

वसन्तीको आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछि सहयोग गरेकी मलिना जोशीले बताइन्। रकम हस्तान्तरण गर्न अस्पतालमा जोशी सामाजिक अभियन्ता खुश्बु प्रधानसँगै पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell