PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रशान्त र सुशिलको एक्सन लुक



पहिलोपोस्ट

प्रशान्त र सुशिलको एक्सन लुक

काठमाडौंः फिल्म ‘रणवीर’ टिमले प्रचार थालेको छ। टिमले प्रचार अस्त्र मोसन पोस्टर पनि सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारको एक्सन लुक देखाइएको छ।

अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला फिचर्ड मोसन पोस्टरसहितको भिडियो युट्युबमा मार्फत सार्वजनिक गरिएको छ। हलमा फिल्मको टिजर पनि सार्वजनिक गरिएको छ। फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ। 

फिल्ममा प्रशान्त र सुशीलसँगै हरिहर शर्मा , नरेश पौड्याल , टिका पहाडी , रवी गिरी , जीवन भट्टराई , बसन्ती भट्टलगायतको अभिनय रहेको छ। फिल्ममार्फत शुभेच्छा खड्का र सुपुश्पा भट्टले डेब्यु गर्दैछन्। फिल्मलाई गोविन्दसिंह भण्डारीले निर्देशन गरेका हुन्। फिल्ममा महेश पौडेलको छायाँकन, चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell