PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सितापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



पहिलोपोस्ट

सितापाइलामा ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँः सितापाइला चोकमा गएराति ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। राति करिब सवा १२ बजे बा २ ज २५६९ नम्बरको ट्याक्सीले बा ६६ प ४६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्करबाट एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा मोटरसाइकल चालक काभ्रे रोशी गाउँपालिका घर भई हाल कलंकी बस्ने २३ वर्षीय निरज लामा रहेको प्रहरीले जनाएको छ। लामाको उपचारका क्रममा मनमोहन अस्पताल स्वयम्भुमा राति पौने २ बजे मृत्यु भएको हो।

अर्का घाइते रोशी गाउँपालिकाकै प्रकाश तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell