PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दुर्घटनामा दुई जनाको मृत्यु



पहिलोपोस्ट

दुर्घटनामा दुई जनाको मृत्यु

नुवाकोटः जिल्लामा दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई चालकको मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका–७ स्थित गल्छी–देवीघाट सडकखण्डको खाल्टेमा करेण्ट लागेर लिखु गाउँपालिका – १ बराफेदी घर भएका ३३ वर्षीय ट्रक चालक भरत ढुङ्गानाको मृत्यु भएको हो। पृथ्वी राजमार्गको गल्छीबाट नुवाकोटको त्रिशूलीतर्फ फलामको बाकस बोकेर आउँदै गरेको ना ३ ख ४७६८ नंको ट्रकलाई बिजुलीको तारले छुन लागेपछि ट्रकमाथि छतमा गई तार पन्छाउने क्रममा करेन्ट लागेर चालक ढुंगानाको मृत्यु भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

यस्तै लिखु गाउँपालिका–६ छहरेमा ना ६ त ८४५५ नम्ब्रको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरका चालक पर्सा वीरजञ्जका ३८ वर्षीय धर्मराज थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार बालुवा खसाल्ने क्रममा सडकबाट ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएको चालक थारुको राजधानीको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell