PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रौतहट प्रिमिर लिग : पुलिस फाइनलमा, सुनिल धमलाको अलराउण्ड प्रदर्शन



पहिलोपोस्ट

रौतहट प्रिमिर लिग : पुलिस फाइनलमा, सुनिल धमलाको अलराउण्ड प्रदर्शन
फाइल फोटो

काठमाडौँ : सुनिल धमलाको अलराउण्ड प्रदर्शनको मद्दतमा नेपाल पुलिस क्लब रौतहट प्रिमियर लिग टी-२० को फाइनलमा प्रवेश गरेको छ। सोमवार भएको फाइनलमा पुलिसले मलपोखराी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्‍यो।

पुलिसलाई फाइनल पुर्‍याउन धमलाले ब्याटिङमा ७८ रन बनाए भने किफायती बलिङ गर्दै २ विकेट लिए। पुलिसले दिएको १६१ रनको लक्ष्य पछ्याएको मलपोखरी १८.४ ओभरमा ८४ रनमै अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो। भमलाले ५५ बल खेल्दै १० चौका र ३ छक्काको मद्दतमा सर्वाधिक ७८ रन बनाए। कप्तान मन्जित श्रेष्ठले २८ रन जोडे। मलपोखरीका कमल ओलीले ४ विकेट लिए।

मलपोखरीका लागि ब्याटिङमा नवौँ नम्बरमा ब्याटिङ गरेका अमब्रोस शाले नटबउट २८ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन्। उसका ८ खेलाडी दोहोरो अंक नजोडी आउट भए।

मलपोखरीलाई अलआउट गर्न पुलिसका प्रेम तामाङले ३.३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। धमलाले ४ ओभरमा १ मेडन राख्दै १९ रन खर्चेर २ विकेट लिए। यस्तै कप्तान मन्जितले ३ ओभरमा १ मेडन राख्दै ८ रन खर्चेर २ विकेट लिए भने योगेन्द्र सिंह कार्कीले ३ ओभरमा ६ रन मात्र दिएर २ विकेट लिए।

सोमवारै हुने तय भएको जिएचसिए र ओएसिस क्रिकेट एकेडेमीबीचको खेल प्राविधिक कारणले मंगलवारको लागि सारिएको आयोजकले जनाएको छ। उक्त खेलको विजेतासँग पुलिसले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell