PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

‘दशैं आयो, के खान्या, के लाउन्या’ भन्दै राउटे मुखिया प्रधानमन्त्रीलाई भेट्न काठमाडौंतिर



पी बी खड्का

‘दशैं आयो, के खान्या, के लाउन्या’ भन्दै राउटे मुखिया प्रधानमन्त्रीलाई भेट्न काठमाडौंतिर

सुर्खेत: दैलेखबाट केही साता अघिमात्र सुर्खेत बसाई सरेका फिरन्ते राउटे काठमाडौं हानिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न राउटेका मुखिया हरिबहादुर शाहीको नेतृत्वमा ४ जना काठमाडौं हिडेका हुन्। 

चाडपर्व नजिकिएसँगै खाने र लाउनेको पिरलोमा उनीहरु प्रधानमन्त्रीलाई भेटन गएका हुन्।

सोमबार विहान उनीहरु सुर्खेतबाट काठमाण्डौका लागि गाडि चढेका छन्। दशैं आइसक्दा लत्ता कपडा नभएकाले प्रधामन्त्रीलाई भेट्न जान लागेको मुखिया शाहीले बताए। ‘चाडपर्व नजिकै आइपुग्यो। के गर्ने? केही मार छैन, के खान्या, के लाउन्या।’ उनले भने,‘मन्त्रीलाई भेटर मार(बली), पहेला, सेता नयाँ लुगा, कपडा दिनुपर्‍यो भन्छु।’
 
आफुलाई जनताले पनि मन्त्रीसँग खाने र लाउने माग्न पठाएको बताए। अहिले जङ्गलमा काठ पाउन छोडेको भन्दै काठका भाडा पनि बनाउन नपाएको उनी बताउँछन्। ‘पहिले जङ्गलमा रुखहरु हुन्थ्यो, अहिले काठ पनि पाउँदैन के गर्ने? नत्र आफुलाई गुजारा गर्न हामीले आफै बनाएको भाडा पनि हुन्थ्यो।’ मुखिया शाहीले,‘खान्या, लाउन्यायै समस्या भयो। सरकारले नदिएर कसले दिने मन्त्रीलाई भेटर यही भन्छु।’
 

'परिचयपत्र जंगलमा फालें'


केही महिना अघि गुराँस गाउँपालिकाले दिएको परिचयपत्र जंगलमा लगेर फाली दिएको बताएका छन्। ‘परिचय पत्र घरमा राखेर बाँदर मरेन’ राउटेका मुखिया हरिबहादुरले भने,‘राखेर के गर्ने? उतै गुराँसकै जंगलमा लगेर फाल्यौँ, अहिले बाँदर मर्छन्।’ फेरि थपेँ,‘परिचय पत्रले न खान दियो, न लाउन दियो, केही पनि भएन्।’

गाउँपालिकाले दिएको परिचयपत्र छाडेर बसाई सरे राउटे



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell