PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाँकेमा भएको ट्रक र माइक्रोबस दुर्घटनाका ज्यान गुमाउने ६ जनाको सनाखत, तीन जना अझै सिकिस्त



पहिलोपोस्ट

बाँकेमा भएको ट्रक र माइक्रोबस दुर्घटनाका ज्यान गुमाउने ६ जनाको सनाखत, तीन जना अझै सिकिस्त

बुटवल : बाँकेको राप्तीसोनारी गाउँपालिकाको मुगुवा खोला नजिक आज बिहान ट्रक र माइक्रो बस ठोक्किँदा ज्यान गुमाउनेको सनाखत भएको छ। 

दुर्घटनामा चार महिला र दुई पुरुष गरी ६ जनाको मृत्यु भएको छ। चारजनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रमेशबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा हाइस चालक दाङ तुलसीपुर उपमहानगरपालिका ७ का ३९ वर्षीय सुगने चौधरी, तुलसीपुर उपमहानगरपालिका ८ का ३० वर्षीय तुलसीराम रावत, २३ वर्षीया वसन्ती चौधरी, ५० वर्षीया नारायणी श्रीस, तुलसीपुरकै ५० वर्षीया दोर्णा बुढाथोकी र अर्की शान्तिनगर गाँउपालिकाकी ५१ वर्षीय मनकुमारी रावत रहेका छन्।

दुर्घटनामा ११ जना घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

दाङबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको माइक्रो बस र नेपालगञ्जबाट विपरित दिशातर्फ जाँदै गरेको लु १ ख ७७२९ नं ट्रक आज बिहान सवा ९ बजेतिर राप्तीसोनारी गाउँपालिका ९ मुगुवा खोला नजिक ठोक्किएका थिए। घाइतेहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell