PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ग्रेट हिमालयन क्रिकेट एकेडेमीको युवा टिम सिरिज खेल्न बंगलादेशमा जाने



पहिलोपोस्ट

ग्रेट हिमालयन क्रिकेट एकेडेमीको युवा टिम सिरिज खेल्न बंगलादेशमा जाने

काठमाडौँ : नेपालको ग्रेट हिमालयन क्रिकेट एकेडेमी (वाइवाइ जिएचसिए) को यू-१७ टोली सिरिज खेल्नको लागि बंगलादेश जाने भएको छ।

यही असोज २० देखि २६ गतेसम्म बंगलादेशको ढाका र कक्स बजारमा खेल्ने नेपाली युवा टोलीलाई शुक्रवार बिदाई गरियो। विशांक सुवेदीको कप्तानीमा रहेको नेपाली टोली शनिवार बंगलादेश जानेछ।

जिएचसिएले ढाकामा दुई र कक्स बजारमा दुई टी-२० क्रिकेट खेल्नेछ।

ढाकाको बंगलादेश क्लब क्रिकेट एमेडेमी र स्मार्ट कोचिङ एकेडेमी तथा कक्स बजारको क्रिकेट एकेडेमीसँग नेपाली टोलीले खेल्नेछ।

यू-१७ उमेर समूहका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजर दिई भविष्यमा उच्च स्तरको क्रिकेट खेल्न योग्य बनाउन यस्तो भ्रमणले सहयोग गर्ने जिएचसिएले जनाएको छ।

जिएचसिएले यसअघि भारत, बंगलादेश र युएईमा सिरिज खेलिसकेको छ।

यसैगरी जिएचसिएमा लगातार चार वर्ष प्रशिक्षण गर्दै यसै वर्ष नेपालको यू-१९ टिमबाट भारतको लखनउ र बंगलादेशमा यू-१९ एसिया कप खेलेका सागर ढकाललाई सम्मान गरिएको छ। जिएचसिएले ढकाललाई नगद १० हजारसहित सम्मान गरेको हो।

जिएचसिए यू-१७ टोली:
विशांक सुबेदी (कप्तान ), मनिष सिंह, आदित सुबेदी, आर्जन सिंखडा, आकाश पौडेल, स्रेहान शर्मा, अक्षित नेपाल, नितेश बिस्ट, राज बर्मा, प्रिसियस थापा, आदित्य सुबेदी, परिक्षित ढकाल, एकनाथ नेपाल

कैलाश बिस्ट : टिम लिडर
पुरुषोत्तम झा : कोच
बिके प्रसाद : म्यानेजर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell