PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पुलिसका तारा देवी र सन्देश स्ट्रोङ्गेष्ट खेलाडी घोषित, कमल र देवी उत्कृष्ट



पुलिसका तारा देवी र सन्देश स्ट्रोङ्गेष्ट खेलाडी घोषित, कमल र देवी उत्कृष्ट

काठमाडौँ : नेपाल प्रहरीकी तारा देवी पुन र सन्देश गुरुङ दोश्रो नेपाल स्ट्रोङ्गेष्ट २०१८ भारोत्तोलन प्रतियोगितामा स्ट्रोङ्गेष्ट खेलाडी  घोषित भएका छन्।

ताराले ७५ केजी तौलमाथीको प्रतिस्पर्धामा १६६ केजी भार बहन गरेकी थिईन्। उनी अघिल्लो संस्करणमा पनि यस उपाधीबाट सम्मानित भएकी थिईन्। यस्तै सन्देशले १०५ केजी तौल समूहमा २५८ केजी भार बहन गरेका थिए। दुबै खेलाडीले नगद ११ हजारका साथै ट्रफी र प्रमाण पत्र प्राप्त गरे।

नेपाल भारोत्तोलन संघका पूर्व उपाध्यक्ष एवं ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा आयोजना गरिएको प्रतियोगितामा पुरुष सिनियरतर्फ नेपाली सेनाका कमल बहादुर अधिकारी र जुनियरतर्फ बाँकेका प्रकाश केसी उत्कृष्ट भारोत्तोलक घोषित भए। यसैगरी महिलातर्फ सिनियरमा नेपाल प्रहरीकी देवी कुमारी चौधरी र जुनियरतर्फ बाँकेकी संजु चौधरी उत्कृष्ट भारोत्तोलक घोषित भए।

काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा ललितपुर कुमारीपाटीस्थित अग्नी पार्टि प्यालेसमा भएको प्रतियोगिताको जुनियरतर्फ पुरुषमा एपीएफका लालबाबु पासवान र महिलामा डिभाईन फिटनेशकी पल्लवी चौधरी उदियमान खेलाडी घोषित भए। उनीहरुले ट्रफी, प्रमाण पत्रका साथै जुरी घनश्याम मुखियाबाट प्रोत्साहन स्वरुप नगद २५/२५ सय प्राप्त गरे।

नेपाली सेनाका राजु चौधरीले सिनियरतर्फ ६२ केजी तौलमा २०३ केजी भारका साथ स्वर्ण हात पारे। चौधरीले स्नाचमा ८८ केजी र क्लिनमा ११५ केजी भार बहन गरे। दोश्रो भएका नेपाल प्रहरीका मुई लामाले स्नाचमा ८७ केजी र क्लिनमा १०० केजी भार बहन गरे। यस्तै एपीएफका सुभाष कुमार शाहले १७४ केजी भार बहन गर्दै तेस्रो स्थान हात पारे। उनले स्नाचमा ७८ र क्लिनमा ९६ केजी भार बहन गरे। जुनियरतर्फ नेपाल प्रहरीका गणेश रानाभाटले १६१ केजी भारका साथ स्वर्ण जिते। उनले स्नाचमा ७३ केजी र क्लिनमा ८८ केजी भार बहन गरे। दोश्रो भएका बाँकेका तुसार बुढामगरले स्नाचमा ६५ र क्लिनमा ८५ केजी गरि कुल १५० केजी उचाले। तेश्रो भएका पर्साका निरज गुप्ताले स्नाचमा ५०, क्लिनमा ६७ गरि कुल ११७ केजी उचाले।

६९ केजी तौलमा ओलम्पियन कमल अधिकारीले २५५ केजी भारका साथ स्वर्ण पाए। सेनाका उनले स्नाचमा ११० र क्लिनमा १४५ केजी उचालेका थिए। एपीएफका महेश चौधरीले २१० केजी भार बहन गर्दै रजत पाए। उनले स्नाचमा ९० केजी र क्लिनमा १२० केजी उचाले। कास्य पदक पाएका सेनाका जीवन तामाङ्गले स्नाचमा ७५, क्लिनमा १०२ केजी गरि कुल १७७ केजी उचाले। जुनियर तर्फ बाँकेका प्रकास केसीले स्वर्ण हात पारे। उनले स्नाचमा ९५ केजी र क्लिनमा १२२ केजीका साथ कुलमा २१७ केजी बार बहन गरे। बाराका सजरुद्धिन आलमले कुलमा १५५ केजीका साथ रजत र बाँकेका प्रशान्त योगीले कुलमा १४० केजीका साथ कास्य पाए।

पुरुषकै सिनियर ७७ केजी तौलमा नेपाल पुलिसका विकास थापाले स्नाचमा ११२, क्लिनमा १३० केजीका साथ कुलमा २४२ केजी भारका साथ स्वर्ण जिते। दोश्रो स्थानमा रहेका नेपाली सेनाका यज्ञबहादुर सारुले कुलमा २२० केजी भार उचाले। एपीएफका तिलक थापाले १८५ केजीका साथ कास्य पाए। जुनियर तर्फ बाँकेका सुरज बैश्यले १९५ केजी भारका साथ स्वर्ण जिते। उनले स्नाचमा ८५ केजी र क्लिनमा ११० केजी उचाले । झापाका सुलभ बस्नेतले कुल १०२ केजीका साथ रजत पाए।

 

प्रतियोगिताको ८५ केजी तौलमा नेपाल प्रहरीका ओम प्रकास बैश्यले २२६ केजी भारका साथ स्वर्ण जिते। उनले स्नाचमा १०० केजी र क्लिनमा १२६ केजी उचाले। सेनाका दिनेश कार्की र एपीएफका सन्तोष चौधरीले रजत र कास्य पाए। दिनेशले २०३ केजी र सन्तोषले १९८ केजी तौल उचाले। जुनियरतर्फ कञ्चनपुरका विकास भट्टले स्नाचमा ६० र क्लिनमा ८२ गरि कुल १४२ केजीका साथ स्वर्ण हात पारे। दोश्रो स्थानमा ११२ केजीका साथ बाराका नाग अर्जन गुप्ता रहे।

यसैगरि ९४ केजीको सिनियर तर्फ नेपाली सेनाका टहल बहादुर बसेलले पुलिसका खेलाडीहरुलाई पछि पार्दै स्वर्ण जिते। उनले स्नाचमा ८८, क्लिनमा १२५ केजी गरि कुलमा २१३ केजी भार बहन गरे। पुलिसका गगन चन्दले रजत र श्री कृष्ण महर्जनले कास्य पाए। गगनले स्नाचमा ९० केजी र क्लिनमा १२१ केजीका साथ कुलमा २११ केजी भार बहन गरे। यस्तै श्री कृष्णले स्नाचमा ९५ र क्लिनमा ११५ केजी गरि कुल २१० केजी उचाले। जुनियरतर्फ कञ्चनपुरका विशाल सिंह बिष्टले कुल १९५ केजीका साथ स्वर्ण कब्जा गरे। एकल प्रतिस्पर्धामा उनले स्नाचमा ८५ र क्लिनमा ११० केजी भार उचाले।

पुरुषको १०५ केजी तौलमा स्ट्रङ्गेष्ट खेलाडी घोषित नेपाल प्रहरीका सन्देश गुरुङले २५८ केजी भार उचाल्दै स्वर्ण जिते। उनले स्नाचमा ११५ केजी र क्लिन एण्ड जर्कमा १४३ केजी भार बहन गरे। दोश्रो स्थानमा रहेका नेपाली सेनाका विनोद खड्काले स्नाचमा ८५ केजी र क्लिनमा ११५ केजीका साथ २०० केजी भार बहन गरे। यस्तै एपीएफका रनबहादुर नगरकोटीले १९९ केजीका साथ कास्य पाए। उनले स्नाचमा ८६ केजी र क्निलमा ११३ केजी भार उचाले। जुनियरतर्फ बर्दियाका रोशन बिसीले एकल प्रतिस्पर्धा गर्दै स्वर्ण जिते। उनले स्नाचमा ६५ र क्लिनमा ८५ केजीका साथ १५० केजी भार उचाले।

१०५ केजी माथीको तौलमा सेनाका पुकार गुरुङले स्नाचमा ११५ केजी र क्लिनमा १३० केजी गरि कुल २४५ केजी भार उचाल्दै स्वर्ण जिते। दोश्रो स्थानमा रहेका बाराका आदर्श कुमार गुप्ताले १२६ केजी उचाले। उनले स्नाचमा ५६ र क्लिनमा ७० केजी उचाले। यस्तै जुनियर तर्फ कञ्चनपुरका सागर भण्डारीले स्नाचमा ९७ केजी र क्लिनमा १२५ केजी गरि कुल २२२ केजी उचाले। रुपन्देहीका प्रविन नेपालीले स्नाचमा ६० केजी र क्लिनमा ७० केजी गरि कुल १३० केजीका साथ रजत पाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell