PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युरोपियन च्याम्पियन्स लिग : मेसीले बराबरी गरे एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान



पहिलोपोस्ट

युरोपियन च्याम्पियन्स लिग : मेसीले बराबरी गरे एकै क्लबका लागि सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान
फोटो : UEFA

युरोपियन च्याम्पियन्स लिगमा एकै क्लबका लागि सर्वाधिक गोल गर्ने क्रिस्टियानो रोनाल्डोको कीर्तिमान लियोनल मेसीले बराबरी गरेका छन्। समूह बी अन्तर्गत गएराती भएको खेलमा टोटनहम विरुद्ध २ गोल गरेका मेसीले एकै क्लबका लागि १०५ गोल गर्ने रोनाल्डोको कीर्तिमान बराबरी गरे।

यसै सिजन इटालियन क्लब युभेन्ट्स पुगेका पोर्चुगिज खेलाडी रोनाल्डोले २००९ देखि रियलमा खेल्दा स्पानिस क्लबका लागि च्याम्पियन्स लिगमा १०५ गोल गरेका थिए। त्यसअघि इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडका लागि समेत १५ गोल गरेका रोनाल्डोले सर्वाधिक १२० गोल गरिसकेका छन्।

बार्सिलोनाका लागि एक दशक भन्दा बढी समय खेलिकसकेका मेसीले च्याम्पियन्स लिगमा अहिलेसम्म १०५ गोल गरेका छन् र सर्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा छन्। रोनाल्डो युभेन्ट्स गएका कारण अब मेसीले समूहको अर्को खेलमा गोल एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाउनेछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell