PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रामदेवले उत्पादन गरेका आयूर्वेद सामान गुणस्तरहिन रहेकाे आचार्य बालकृष्णकाे स्वीकारोक्ति



पहिलोपोस्ट

रामदेवले उत्पादन गरेका आयूर्वेद सामान गुणस्तरहिन रहेकाे आचार्य बालकृष्णकाे स्वीकारोक्ति

काठमाडौं: पतञ्जली योगपीठ नेपालका अध्यक्ष एवं प्रबन्ध निर्देशक आयुर्वेद शिरोमणि आचार्य बालकृष्णले नेपालको हित प्रतिकूल आफूहरुले केही सोच्न नसक्ने बताएका छन्।

भारतीय योग गुरु रामदेवको संस्थाले नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको अाराेप लागेकाे भोलिपल्ट (बुधबार) मण्डिखाटारस्थित समिति केन्द्रीय कार्यालयमा पत्रकार गर्दै साे कुरा बताएका हुन्। अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दाबी गरे।

रामेदवको स्वामित्व रहेको पतञ्जली योगपीठको नेपालस्थित कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा संचालित छ। अध्यक्ष बालकृष्णले पतंजली योगपीठको आयूर्वेदका उत्पादनहरु गुणस्तरहिन रहेको स्विकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरे।

अर्को प्रसंगमा उनले नेपालमा आयूर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी दिए। उनले नेपालमा आयुर्वेद तथा योगसम्बन्धि अध्ययन, अनुसन्धानका तथा विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइसकेको बताए। त्यसैगरी कम्पनीले खेलप्रति इच्छुक बालबालिकका लागि स्पाेर्टस् विद्यालय स्थापना गर्ने घोषणा पनि गरेको छ।

बालकृष्णले पतञ्जली योगपीठ नेपाललाई आयूर्वेद र योगको माध्यामबाट समृद्ध र स्वस्थ बनाउन चाहेको बताए। उनले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको दाबी गरे।

तर, म‌ंगलबार  रामेदवको संस्थाले नेपालको राष्ट्रियतामा आँच आउने काम गरेको नव गठित पातञ्जली योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुदर्शन सुवेदीले आरोप लगाए थिए । संस्थाले राष्ट्रियतामा आँच आउने गतिविधि गरेको भन्दै मंगलबार नेपालस्थित पतञ्जली योग समितिमा रहेर काम गरेकाहरुले विद्रोह गर्दै छुट्टै संस्था गठननै गरे।

साथै सुवेदीले समितिले नेपाली राष्ट्रियतामा आँच पुग्ने गरी काम गरिरहेको, पतञ्जलीकै नाममा भारत स्वाभिमानको बिल्ला भिराएको, भारतीय झण्डा, लोगो र ब्यानर बोक्न बाध्य बनाउने काम गरिएको, नेपालीबाट आजीवन सदस्य बनाएको र करोडौँ रुपैयाँ भारतमा बुझाएर आर्थिक अनियमितता गरेको आरोपसमेत लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell