PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पुतलीसडक र सुकेधारामा सवारी दुर्घटना, दुई जना पैदलयात्रीको मृत्यु



पुतलीसडक र सुकेधारामा सवारी दुर्घटना, दुई जना पैदलयात्रीको मृत्यु

काठमाडौं: सवारी दुर्घटनाको कारण काठमाडौंको दूई फरक फरक स्थानमा दुई जना पैदल यात्रीको मृत्यु भएको छ। 

आज बिहानै पुतलीसडकमा एक पुरुषको मोटरसाइकलको ठक्करको कारण मृत्यु भएको हो। मृतकको सनाखत भएको छैन। बिहान करिव ५ बजे ध १ प ४३४८ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी ट्राफिक प्रहरी महाशाखाका एसपी राजकुमार लम्सालले जानकारी दिए। 

दुर्घटनामा संलग्न चालकलाई महानगरिय प्रहरी वृत्त सिंहदरवारले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

त्यस्तै गएराती सुकेधारामा भएको दुर्घटनामा पनि एक ६५ वर्षीय वृद्धको मृत्यु भएको छ। काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको एसपी लम्सालले बताए। नम्बर नखुलेको सवारीको कारण गम्भीर घाइते भएका मैनालीको उपचारको क्रममा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। ठक्कर दिने सवारीको खोजी भइरहेको एसपी लम्सालले बताए। 

गएको दुई महिनाको अवधिमा उपत्यकाभित्र दुर्घटनाको कारण ३७ जनाको मृत्यु भएको प्रहरी तथ्याङकले देखाउछ। काठमाडौँ, ललितपुर र भक्तपुरमा मात्र १ हजार २ सय ८४ वटा दुर्घटना भएका छन्। ४२ जना गम्भीर घाइते भएका छन्। १ हजार ३४ जना सामान्य उपचारपछि घर फर्किए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell