PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पाउलो कोहेलोको 'हिप्पी' पुस्तक नेपालीमा अनुवाद हुने



पहिलोपोस्ट

पाउलो कोहेलोको 'हिप्पी' पुस्तक नेपालीमा अनुवाद हुने

काठमाडौं: जीवनको गहिरो अर्थ खोज्न यात्रामा निस्किएको पाउलो नाम गरेका ब्राजिलियन केटाको कथा हो— हिप्पी। बोके दारी र लामो दारी पालेको पाउलोले यम्स्टड्र्याममा कार्ला नामकी डच युवतीलाई भेट्छन्। जो काठमाडौं जानका लागि साथी खोजिरहेकी हुन्छन्। उनीसँगै पाउलो काठमाडौंका लागि हिँड्छन्, म्याजिक बस चढेर। अनि सुरु हुन्छ, उनीहरुको जीवन परिर्वतन गर्ने प्रेमकथा।

ब्राजिलियन लेखक पाउलो कोहेलोको पछिल्लो पुस्तक 'हिप्पी'को कथा हो यो। जसको नेपाली संस्करण फाइनप्रिन्टले छाप्ने भएको छ। लेखक पाउलोलाई प्रतिनिधित्व गर्ने लिटरेरी एजेन्सी सन्ट जोर्डीकी निर्देशक मोनिका अन्ट्युन्स भन्छिन्, 'कोहेलोको लिटरेरी एजेन्ट हुनुको सबैभन्दा राम्रो पक्ष उनका असाधारण पुस्तक थुप्रै भाषामा छापिने र पढिनेछन् भन्ने थाहा पाउनु हो। फाइनप्रिन्टले प्रकाशन गर्ने हिप्पीको नेपाली संस्करणबारे हामी अति उत्साहित छौं।'

हिप्पीको नेपाली अनुवाद अधिकार पाएको प्रकाशन गृह फाइनप्रिन्टका सिइओ नीरज भारीले भने, 'स्थापनाकालदेखि नै हामीले माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म, खबुज, मोहनदास, नेलकटर, गणतन्त्रको संघर्ष र मेरो भूमि, मेरो जनता जस्ता अनुवादहरु छाप्दै आएका छौं। सबैभन्दा धेरै भाषामा अनुवाद भएको पुस्तकका लेखक पाउलो कोहेलोको नयाँ कृति हिप्पी नेपालीमा छाप्न पाउनु हाम्रा लागि गौरवको विषय हो।'

७०को दशकमा युरोपबाट काठमाडौं आउने हिप्पी ट्रेलको पृष्ठभूभिमा लेखिएको हुनाले यो उपन्यासको नेपाली अनुवाद छाप्न उत्साहित भएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell