PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'मृत मुटु' अर्को मानिसमा प्रत्यारोपण गर्ने नेपाली  'प्राइड अफ अस्ट्रेलिया'का लागि मनोनीत



'मृत मुटु' अर्को मानिसमा प्रत्यारोपण गर्ने नेपाली  'प्राइड अफ अस्ट्रेलिया'का लागि मनोनीत

काठमाडौं : ‘प्राइड अफ अस्ट्रेलिया’ अवार्डको मनोनयनमा नेपाली डा. कुमुद धिताल परेका छन्। मृत्यु भइसकेका व्यक्तिको मुटुको धड्कनलाई फर्काएर अर्को व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरेका उनी हालै सार्वजनिक भएको अवार्डमा मनोनीत भएका हुन्।

असम्भव मानिने शल्यक्रिया संसारमै पहिलो पटक सफल बनाएर धेरै मानिसहरूको ज्यान जोगाएकाले डा. धिताल मनोनयनमा परेको डेली टेलिग्राफले जनाएको छ।

सेन्ट भि सेन्ट अस्पतालका चिकित्सक धितालले चल्न छाडिसकेको मुटुलाई पनि पुनः चल्ने बनाएर २७ जनामा प्रत्यारोण गरिसकेका छन्। हाल उनी विषमा डुबाएर मुटुको अनुसन्धान गर्न क्रियाशील छन्। उनले त्यस्तो शल्यक्रिया गर्नुअघि सामान्यतया डाक्टरहरूले 'ब्रेन डेथ' भइसकेको तर चलिरहेको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गर्दथे।

कलेजोलाई बरफमा राखेर बचाएजस्तो मुटुलाई राख्न सकिँदैन। बढीमा आधा घण्टासम्म रोकिएको मुटुलाई पुनः चालमा फर्काउन सक्छन्। हाल सर्जनहरूले ६ घण्टासम्म कृत्रिम तरिकाले पम्प गराउन सक्दछन्। कुनै व्यक्तिको मुटुको चाल बन्द भए पनि तत्काल मांसपेशीका कोसहरू मर्दैनन्, खाली मुटुले रगत पम्प गर्न छोडेको हुन्छ। त्यसलाई ‘सर्कुलेटरी डेथ’ भनिन्छ।

डाक्टर धिताललाई उदृत गर्दै डेली टेलिग्राफले लेखेको छ, ‘सर्कुलेटरी डेथ भएको व्यक्तिको मुटु अर्को व्यक्तिमा प्रत्यारोपण गरिन्छ र मुटु राखिएको व्यक्तिले केहीबेरपछि राम्रो अनुभव गर्छ, त्यो जत्तिको आनन्द अरू केही हुँदैन।’

टेलिग्राफको अनुमान  छ, डा. धितालले हासिल गरेको उपलब्धिका कारण अस्ट्रेलियामा प्रत्यारोपणका लागि उपलब्ध मुटुको संख्या दोब्बर बढ्न सक्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell