PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संसदको दोस्रो अधिवेशन अन्त्य, चिकित्सा शिक्षा विधेयक पारित भएन,  अनशन बस्लान त गोविन्द केसी?



संसदको दोस्रो अधिवेशन अन्त्य, चिकित्सा शिक्षा विधेयक पारित भएन,  अनशन बस्लान त गोविन्द केसी?

काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीको माग पुरा गर्ने वाचा गरेको सरकारले संसदको दोस्रो अधिवेशन सकिदैँ गर्दा चिकित्सा शिक्षा अध्यादेश पारित गरेको छैन। यो अधिवेशन आज राती १२ बजे सकिदैँ छ।

संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले चिकित्सा शिक्षा विधेयक पारित नभएकोमा आक्रोश व्यक्त गरे। उनले भने, 'चिकित्सा शिक्षा विधेयककै लागि डा केसी फेरि अनशनमा बसे त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ।'

केसीसँग सहमति गर्ने समयमा विधेयक छिट्टै नल्याउनु सरकारकै गैरजिम्मेवारीपन भएको उनको भनाइ थियो। उनले अन्तिम समयम्म विधेयकमाथि छलफल नहुनु सरकारको दोष भएको बताए।

डा. केसीले सरकारले माग पुरा गर्न ढिला गरे १६ औं अनशन थाल्ने चेतावनी दिइसकेका छन्। हिजो बुधवार विज्ञप्ति गर्दै डा. केसीले यही संसदबाट चिकित्सा शिक्षा विधेयक पारित नभए अनशन बस्ने बताइसकेका छन्।

गत वैशाख २३ गते सुरु भएको दोस्रो अधिवेशन आज राती १२ बजे सकिदै छ। अर्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने परम्परा रहेको छ। यो बीचमा दशैंतिहार छठपर्व पर्ने भएकोले तीन महिनाभन्दा अगाडि संसदको अर्को अधिवेशन शुरु हुने देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell