PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपाली टोली भुटान प्रस्थान



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिप : नेपाली टोली भुटान प्रस्थान

काठमाडौँ : साफ यू-१८ वुमन्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न नेपाली यू-१८ महिला टोली बुधवार भुटान प्रस्थान गरेको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले बुधवारै नेपाली टोलीलाई एन्फा कम्प्लेक्स सातदोबाटोमा बिदाइ गरेको थियो।

सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने छ। श्रीलंकाले भने पछि नाम फिर्ता लिएको थियो।

सहभागि ६ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। जसअनुसार नेपाल, पाकिस्तान र बंगलादेश समूह बी मा छ। नेपालले सेप्टम्बर २८ मा पाकिस्तानसंग पहिलो खेल खेल्नेछ भने अक्ठोबर २ मा बङ्गलादेशसँग खेल्कोनेछ।

यस्तै समूह ए मा आयोजक भुटान, भारत र माल्दिभ्स छन्।


नेपाली टोली :

गोलकिपर : अन्जना राना मगर, उषा नाथ, कविता राई

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला वि क, कोपिला धिमाल, पुनम फरसवान,  पुजा राना मगर

मिडफिल्डर : सरु लिम्बु, मन्जली कुमारी योन्जन, शुभद्रा खड्का, अस्मिता बैद्य, मनिषा राउत,सुहानी कुसुवार, सृजना सिंह ठकुरी, सम्झना लावती

फरवार्ड : रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा


प्रशिक्षक : हरि ओम श्रेष्ठ

सहायक प्रशिक्षक : प्रकास बैद्य

गोलकिपर प्रशिक्षक : अस्मिता खवास



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell