PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम 



पहिलोपोस्ट

थारु कल्‍याणकारिणी सभाको अध्‍यक्षमा धनीराम 

काठमाडौं : थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ औं महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई १२ भोटले हराउँदै निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।

उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाए। यस्तै अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने जम्‍मा १० भोट पाए। 

यस्तै थारु कल्‍याणकारिणी सभा जिल्ला सभापतिहरुमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्‍यहरु निर्वाचित भएका छन्। झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् भने मोरङबाट कन्‍नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्। 

यस्तै उदयपुरबाट जयराम पञ्‍जियार, सप्तरीबाट साबित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्। 

त्‍यसैगरी बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्‍य चयन भएका छन्। 

यस्तै कपिलवस्तुबाट जञ्‍जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्‍चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्‍यमा सर्वसम्‍मतिले चयन भएका छन्। 

यता, थारु कल्‍याणकारिणी सभाले महिला केन्द्रीय सदस्‍यहरुको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो। 

जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन्। 

निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए।अध्‍यक्षमा निर्वाचन भएपछि नवनर्वाचित अध्‍यक्ष धनिराम चौधरीले पहिलो बैठक बुधबार ११ बजे बोलाएका छन्।

थारु कल्‍याणकारिणी सभाको स्थापना २००५ सालमा समाजसेवी बलिबन्ठा थारुको अगुवाइमा भएको थियो। थाकसका पहिलो अध्‍यक्ष केवल बाबु थारु थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell