PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

‍ टाइगरको कुरा छाडेर सलमानको प्रशंसा गर्छिन् दिशा



पहिलोपोस्ट

‍ टाइगरको कुरा छाडेर सलमानको प्रशंसा गर्छिन् दिशा

बलिउड अभिनेत्री दिशा पटानीको नाम सँधै अभिनेता टाइगर श्रफसँग जोडेर आउने गर्छ। उनीहरुको प्रेम गसिपले एक समय बलिउड तातिएको थियो। धेरै समय उनीहरुले आफ्नाे प्रेम सम्बन्ध मिडियामा लुकाउन खोजेका थिए। तर अब दर्शकसमेत उनीहरुको प्रेम सम्बन्धबारे जानकार छन्।

तेलुगु फिल्मबाट डेब्यू गरेकी दिशाको पछिल्लो फिल्म 'बाघी २' हो। उनले त्यसअघि 'एम यस धोनी' गरेकी थिइन्। अहिले उनी टाइगरको कुरा गर्न छोडेर सलमानको प्रशंसा गर्न थालेकी छिन्।

हालै उनले सलमानसँग स्क्रिन सेयर गरेकी छिन्। फिल्म 'भारत'मा सलमानसँग उनले स्क्रिन सेयर गरेकी हुन्। अहिले फिल्मको छायांकन भइरहेको छ। भारतीय मिडियामा दिशाले सलमानको खुलेर प्रशंसा गरेकी छिन्। भारत टिमसँग काम गर्न सहज भइरहेको उनले बताइन्। उनले सलमान राम्रो व्यक्ति रहेको बताएकी छिन्।

उनले भनिन् 'सलमान निकै राम्रो हुनुहुन्छ। हामी फिल्मको लागि मिहिनेत गर्दै छौं'। फिल्मलाई अली अब्बास जफरले निर्देशन गर्दैछन्। फिल्ममा सलमान र दिशासँगै कट्रिना कैफको पनि मुख्य अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell