PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हवाई कारबाहीमा १२ जना अफगानी सर्वसाधारण मारिए



पहिलोपोस्ट

हवाई कारबाहीमा १२ जना अफगानी सर्वसाधारण मारिए

काबुलः अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएकाे हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको छ।

अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (युएनएएमए) ले जारी गरेको एक विज्ञप्तिमा गत आइतबार भएको यस हवाई कारबाहीमा मारिएका एक परिवारका महिला र बालबालिका रहेका छन्। सुरक्षा अधिकारीहरुले सो क्षेत्रमा रहेका तालिबान आतङ्ककारीविरुद्ध सो कारबाही गरेका थिए।


यस हवाई कारबाहीमा ६ देखि १५ वर्षसम्मका दश जना बालबालिका पनि मारिएका र तीमध्ये पनि आठ जना बालिका रहेका पनि जारी विज्ञप्तिमा जनाइएको छ। यो हवाई कारबाही नेटोआवद्ध संयुक्त सेनाले गरेको हो या अफागन वायुबलले भन्ने बारेमा भने हालसम्म प्रष्ट भएको छैन।

अफगानिस्तानमा यस वर्षको सुरुदेखि छ महिनाभित्र भएका द्वन्द्वसँग सम्बन्धित हत्या हिंसाहरुमा १ हजार ६९० सर्वसाधारण मारिएका छन् भने अन्य ३ हजार ४३० घाइते भएका युएनएएमएद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

यसमध्ये १४९ सर्वसाधारण आतङ्ककारीलक्षित हवाई कारबाहीमा मारिएका छन् । अन्य २०४ जना घाइते भएका पनि सो विज्ञप्तिमा जनाइएको छ । रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell