PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

पोखरामा बालिका हत्या : 'पाँच रुपैयाँको चकलेट र १० रुपैयाँ देखाएर फकाएका थिए कुसुमले'



पोखरामा बालिका हत्या : 'पाँच रुपैयाँको चकलेट र १० रुपैयाँ देखाएर फकाएका थिए कुसुमले'

काठमाडौँ: पोखरामा एक बालिकाको बलात्कारपछि हत्या गर्ने एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। बालिकाको हत्यामा संलग्न पोखराका २७ वर्षीय कुसुम पौडेललाई प्रहरीले सार्वजनिक गरेको हो।

सोमवार साँझदेखि हराएकी पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको थियो।

मामाघरमा बस्दै आएकी बालिका करिब सोमवार साँझ ६ बजेतिर पसलमा सामान किन्न गएकी थिइन्। रातीसम्म नफर्किएपछि परिवारले मंगलवार बिहान प्रहरीमा खबर गरेका थिए। प्रहरीले खोजी गर्दा मंगलवार बिहान बालिका हत्या गरिएको अवस्थामा भेटिइन्।
 
घटना भएको दिन कुसुमले बालिकालाई भेटी ५ रुपैयाँको चकलेट खाउ भनी दिएको थिए। त्यहाँबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्यांकीबिचमा बोलाई पुन १० रुपैयाँ देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोजेको प्रहरी अनुसन्धानमा देखिएको छ। बालिकाले प्रतिकार गर्न खोजेपछि उनले पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलेका थिए।

त्यसपछि पौडेलले कपडा खोली जबरजस्ती गर्न खोज्दा बालिका चिच्याउन थालेपछि घाँटी दुबै हातले थिचेको, केहि समयपछि बाया हातले घाँटीमा नै थिचेको देखिएको छ। 

बालिका बेहोस भएपछि पौडेलले ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell