PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भित्र प्रदेश सभा, बाहिर कडा प्रदर्शन : प्रदेश राजधानीको विषयले धनगढी तनावग्रस्त

भित्र प्रदेश सभा, बाहिर कडा प्रदर्शन : प्रदेश राजधानीको विषयले धनगढी तनावग्रस्त

एम बम/पहिलोपोस्ट


कैलाली : प्रदेश सातको स्थायी राजधानी र नामको विषयले धनगढी तनावग्रस्त बनेको छ।

प्रदेश सभाबाट गठन भएको विशेष सुझाव समितिले हिजोको प्रदेशसभामा प्रदेश नम्बर सातको नाम ‘सुदूरपश्चिम’ र स्थायी राजधानी गोदावरी नगरपालिका क्षेत्रमा राख्न सुझाव दिएको छ।
 
सोही विषयलाई लिएर धनगढीवासी आन्दोलित भएका छन्। करौँडौ लगानी लगाएर अस्थायी राजधानीलाई सार्ने कार्य उपयुक्त नभएको ठहर उनीहरुको छ। प्रदर्शनको अगुवाइ धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधिले गरिरहेका छन्।
 
प्रदर्शनकारीहरुले आजको प्रदेशसभाको वैठक सुरु भएदेखि नै प्रदर्शन गरेर वैठक अवरुद्ध गर्न खोजिरहेका छन्। प्रदेशसभाको वैठकमा पनि सोही विषयमा छलफल चलिरहेको छ। हिजोको बैठकमा विशेष सुझाव समितिका संयोजक तारालामा तामाङले स्थायी राजधानी र नामबारे सुझाव सहितको प्रतिवेदन टेबल गरेका थिए।


ट्रेन्डिङ पोस्ट

Ncell