PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्याः 'मदिरा सेवनपछि छिमेकीले नै गरे हत्या'



पहिलोपोस्ट

पोखरामा १० वर्षीया बालिकाको बलात्कारपछि हत्याः 'मदिरा सेवनपछि छिमेकीले नै गरे हत्या'

काठमाडौँ: पोखरामा एक बालिकाको बलात्कारपछि हत्या भएको छ। सोमवार साँझदेखि हराएकी पोखरा २२ पम्दिभुम्दीकी १० वर्षीया बालिका श्रेया विकको बलात्कारपछि हत्या भएको हो।

हत्याको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीले बताए। डिएसपी कार्कीले भने,' हामीले हत्यारा लगभग पत्ता लगाइसकेका छौँ। आज नै हत्यारा सार्वजनिक गर्छौँ।'

मामाघरमा बस्दै आएकी बालिका करिब सोमवार साँझ ६ बजेतिर पसलमा सामान किन्न गएकी थिइन्। रातीसम्म उनी नफर्किएपछि परिवारले मङ्गलवार बिहान प्रहरीमा खबर गरेका थिए। प्रहरीले खोजी गर्दा मङ्गलवार बिहान बालिकाको हत्या गरिएको अवस्थामा भेटिएकी हुन्। डिएसपी कार्कीले भने,' घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको देखिन्छ। तर हामीले पोस्टमार्टमको लागि पठाएका छौँ।'

बालिकाको बलात्कारपछि हत्यामा घर नजिकैका छिमेकी भएको खुलेको छ। मदिरा सेवन गरेका एक युवकले बलात्कार गरी हत्या गरेको देखिएको डिएसपी कार्कीले बताए। जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी अभियुक्त सार्वजनिक गर्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell