PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

'लभ अफेयर' लुकाउन डाक्टरले गरे अपहरणको नाटक!



पहिलोपोस्ट

'लभ अफेयर' लुकाउन डाक्टरले गरे अपहरणको नाटक!

काठमाडौँः सिरहाको लहानबाट अज्ञात समूहले मङ्गलबार साँझ अपहरण गरेको भनिएका चिकित्सकको प्रहरीले उद्धार गरेको छ।

डाक्टर सुवास यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बुधबार बिहान सर्लाहीको नवलपुरबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए।

एसपी श्रेष्ठले भने,'एक व्यक्तिसँग मोटरसाइकलमा गइरहेको अवस्था उद्धार गरेका हौँ।'

मङ्गलबार उनकी श्रीमतीले सँगै हिँडिरहेको अवस्थामा चार जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले अपहरण गरेको जानकारी प्रहरीलाई दिएकी थिइन्। अहिले डाक्टर यादवलाई इलाका प्रहरी लहानमा राखिएको छ। प्रहरीसँगको बयानमा डाक्टरले आफू अपहरण नपरेको बताएका छन्। एसपी श्रेष्ठले भने,' हामीले उहाँसँग सोधपुच्छ गर्दा अपहरण नभएर आफैं गएको बताउनु भएको छ।'


लभ अफेयरले रचिएको ड्रामा

यादव मकवानपुर जिल्लाको हेटौँडाको एक अस्पतालमा काम गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार यादवको हेटौँडामा एक युवतीसँग लभ अफेयर भएको खुल्न आएको छ।

डाक्टरकी श्रीमतीले श्रीमानको अरू नै युवतीसँग सम्बन्ध रहेको थाहा पाएपछि सिरहा बोलाएकी थिइन्। उनी विगत एक महिनादेखि ससुराली सिराहामा बस्दै आएका थिए। उनीहरू बीच यही विषयलाई लिएर विवाद उत्पन्न भएको थियो। श्री

मतीसँगको रिसको कारणले नै अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell