PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ला लिगा : सिजनको तेस्रो जितपछि एट्लेटिको मड्रिड तेस्रो स्थानमा



पहिलोपोस्ट

ला लिगा : सिजनको तेस्रो जितपछि एट्लेटिको मड्रिड तेस्रो स्थानमा

स्पानिस ला लिगामा गएराती भएको खेलमा एट्लेटिको मड्रिडले हुएस्कालाई ३-० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोले तीनै गोलपहिलो हाफमा गरेको थियो।

एट्लेटिकोका लागि एन्टोनी ग्रीजमन, थोमस र कोकेले एक-एक गोल गरे।

सिजनको तेस्रो जितपछि ६ खेलबाट ११ अंक जोडेको एट्लेटिको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। एक-एक खेल कम खेलेका बार्सिलोना र रियल मड्रिडको समान १३ अंक छ।

ला लिगाकै अन्य खेलमा स्पानयोलले आइबरलाई १-० ले हराउँदा रियल सोसिडाड र रायो भालेकानोले २-२ को बराबरी खेले। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell