PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

एसिया कप: भारत र अफगानिस्तानबीचको खेल 'टाई', मोहम्मद शहजादको शानदार शतक



पहिलोपोस्ट

एसिया कप: भारत र अफगानिस्तानबीचको खेल 'टाई', मोहम्मद शहजादको शानदार शतक

स्पिनर रासिद खानले अन्तिम ओभरमा रविन्द्र जडेजाको विकेट लिँदै ६ रन डिफेण्ड गरेपछि अफगानिस्तानले एसिया कपमा भारतविरुद्धको खेल बराबरी गरेको हो।

२५३ रनको लक्ष्य पछ्याएको भारतलाई एक बल अगावै २५२ रनमा अलआउट गर्दै अफगानिस्तनले खेल टाई गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ओपनर मोहमद शहजादको शानदार शतक मद्दतमा ५० ओभर खेल्दै २५२ रन बनाएको थियो। शहजादले १२४ रन बनाए। मोहम्मद नावीले ६४ रन योगदान गरे। भारतका रविन्द्र जडेजाले ३ विकेट लिए।

२५३ रनको लक्ष्य पछ्याएको भारतले गतिलो सुरुवात गरेको थियो। लोकेश राहुल र अम्बाटे राएडुले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए।  तर राएडु ५७ र राहुल ६० रन बनाएर आउट भएपछि भारतको निरन्तर विकेट झर्‌यो।

दिजेश कार्तिकले ४४ रन जोडे। अन्तिम विकेटका रुपमा आउट भएका जडेजाले २५ रन रन बनाए। अन्तिम ओभरमा भारतलाई जितका लागि ७ रन चाहिएको थियो र १ विकेट बाँकी थियो। तर अफगानिस्तानका रासिद खानले उक्त ओभरमा ६ रन दिए भने पाँचौ बलमा जडेजालाई नजिबुल्ला जद्रानको हातबाट क्याचआउट गराए।

अफगानिस्तानका खान, अफताव आलम र नावीले २-२ विकेट लिए।

यस टाई पछि भारत अपराजित रहदै फाइनल पुगेको छ। समूह चरणको दुवै खेल जितेको भारतले यसअघि सुपर फोरको पनि दुवै खेल जितेको थियो। भारतले अब फाइनलमा सुपर फोर अनतर्गत आज हुने पाकिस्तान र बंगलादेशबीचको खेलको विजेतासँग खेल्नेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell