PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : मोहन वैद्य



ओली सरकार भ्रष्टाचारमा चुर्लुम्म डुब्यो : मोहन वैद्य

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाएका छन्।

मंगलवार पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको विशेष राष्ट्रिय भेलाको उदघाटन गर्दै महासचिव वैद्यले सुशासन, भ्रष्टाचार अन्त्यको नारा लिएर बनेको सरकार आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाए।

उनले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको बताउँदै बालिका बलात्कारपछि हत्या गर्नेलाई कार्वाही गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरे। 

प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको वैद्यको दाबी थियो।

उनले समाजवाद भन्दैमा समाजवाद नहुने बताउँदै ओलीले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ भन्दैमा ‘सुःखी नेपालीः समृद्ध नेपाल’नबन्ने तर्क गरे।

कार्यक्रममा वैद्यले श्रमजीवि जनताको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell