PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मदन भण्डारीको हत्यारा पत्ता लागेको छैन, निर्मलालाई त्यसमा तुलना गर्न मिल्दैन- गृहमन्त्री



मदन भण्डारीको हत्यारा पत्ता लागेको छैन, निर्मलालाई त्यसमा तुलना गर्न मिल्दैन- गृहमन्त्री

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार र हत्या प्रकरणको विस्तृत रिपोर्ट आएको र अब अपराधी पनि चाँडै पक्राउ हुने बताएका छन्।

आजको राष्ट्रिय सभा बैठकमा विशेष जानकारी गराउँदै गृहमन्त्री थापाले आज मात्रै उच्चस्तरीय छानविन समितिको प्रतिवेदन आएको जानकारी दिदै केही अपराधीका बारे पनि खुलाइएको जानकारी दिए।

अपराधीका बारेमा पनि प्रतिवेदनमा उल्लेख भएकोले केही दिनभित्रै अपराधी पक्राउ पर्ने थापाले बताए।

सरकारले निरन्तर प्रयास गरिरहेको बताउँदै थापाले विभिन्न कारणले देशमा बलात्कारको घटना बढेको बताए। अपराधीलाई नियन्त्रणमा लिन समय लाग्ने गरेको बताउँदै गृहमन्त्री थापाले मदन भण्डारी र आश्रितको घटनाका बारे चर्चा गरे ।

‘मदन आश्रितको हत्यारालाई अहिलेसम्म कठघरमा ल्याउन सकेको छैनौं। हत्याराहरु पता लगेको छैन।’ थापाले भने, ‘केही घटनाहरुका अपराधीहरु पता लगाउन वर्षौ वर्षसम्म लाग्न सक्छ तर निर्मलालाई त्यसमा तुलना गर्न सकिदैन।’

हामीले तराईमा भएका घटनाहरुका अपराधीलाई पक्राउ गरिएको छ। सम्झना दासको घटनामा संलग्नलाई पनि पक्राउ गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell