PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पान अफ्रिकन सम्मेलनमा सहभागी भइ नेता नेपाल स्वदेश फिर्ता



पहिलोपोस्ट

पान अफ्रिकन सम्मेलनमा सहभागी भइ नेता नेपाल स्वदेश फिर्ता

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का वरिष्ठ नेता माधवकुमार नेपाल स्वदेश फर्किएका छन्। घानामा भएको ‘पान अफ्रिकन सम्मेलन’मा भाग लिएर आज उनी स्वदेश फर्किएका हुन् । 

असोज ३ गते घानाको समाजवादी पार्टीको आयोजनामा हुने सम्मेलनमा ‘साम्राज्यवाद र पूँजीवाद विरोधी’ विषयको कार्यक्रममा सहभागी हुन नेता नेपालसहित ने क पाका स्थायी समिति सदस्य पम्फा भुसाल र केन्द्रीय सदस्य बलराम बाँस्कोटा पनि गएका थिए । 

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार सम्मेलन यही असोज ४ र ५ गते भएको थियो । सम्मेलनमा नेता नेपालले ‘बदलिंदो विश्व परिस्थिति र विश्व कम्युनिष्ट आन्दोलन’ तथा ‘साम्राज्यवादका नकारात्मक’ असरबारे बोलेका थिए। 

नेता नेपाललाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पुगेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell