PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काठमाडौं हेटौडा सुरुङमार्ग र सडक निर्माणको जिम्मा प्रदेश ३ लाई दिन कांग्रेस सांसद अधिकारीको माग



काठमाडौं हेटौडा सुरुङमार्ग र सडक निर्माणको जिम्मा प्रदेश ३ लाई दिन कांग्रेस सांसद अधिकारीको माग

काठमाडौं: राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाण्डौ हेटौडा सडक निर्माण आफै गर्ने सम्बन्धमा ३ नम्बर प्रदेशसरकारले गरेको निर्णय बारे केन्द्र सरकारको धारणा माग गरेका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य अधिकारीले काठमाण्डौ हेटौडा जोड्ने सडक र त्यसका लागि आवश्यक सुरुङ मार्ग पनि आफै बनाउने निर्णय गर्दै ३ नम्बर प्रदेशले स्वीकृतिका लागि केन्द्र सरकारमा पठाएको विषयमा सरकारको धारणा माग गरेका हुन्।  

अधिकारीले भने “हामी ८ घण्टासम्म ज्यु ज्यान हत्केलामा लिएर नागढुङ्गाको बाटो सधै हिड्नुपर्ने ,सरकारले कुनै जिम्मेवारी निलिने? एक घण्टामा पुगिने बाटो ८ घण्टामा हिड्ने, ६ बर्ष अगाडि हामी गर्छौ भनी गरेको प्रतिवद्धता आजसम्म केही पनि नहुने र अहिले ३ नम्बर प्रदेश सरकारले हामी बनाउछौ भनेर अठोट गर्दा त्यसलाई हामीले समर्थन गर्नु पर्ने कि नपर्ने?” 

तात्कालिन संविधानसभा सदस्य मध्येबाट काठमाण्डौ उपत्यकाका ४३ जना सदस्यले हेटौडा काठमाडौं सडक मार्ग बनाउनुपर्यो भन्दै दस्तखत गरेर प्रधानमन्त्रीलाई बुझाएको स्मरण गर्दै उनले निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निजी कम्पनीसंगको सम्झौता रद्द गर्नुपर्ने तर्क गरे।

उनले ६ बर्ष अघि ४ बर्षमा बनाउने गरी सडक बनाउने जिम्मा दिईको भएपनि पटक पटक म्याद थप्ने काम मात्रै भएकाले सो सम्झौता रद्द गरियोस् भनी ३ नम्बर प्रदेशबाट गरिएको मागको आफुले पनि समर्थन गर्ने बताए।

अधिकारीले सडक बनाउने सम्पुर्ण जिम्मा आफुले लिदै बजेट समेत छुट्याएकाले ६ बर्ष अघि ४ बर्षमा निर्माण सम्पन्न गर्ने गरी निजी कम्पनीसंग भएको सम्झौता रद्द गरी केन्द्र सरकारले ३ नम्बर प्रदेशलाई नै सडक बनाउन स्वीकृति दिनुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell