PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक



पहिलोपोस्ट

साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

काठमाडौँ : दक्षिण एसियाली फुटबल महासंघले आयोजना गर्ने साफ यू-१८ वुमन्स च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

भुटानमा यही सेप्टेम्वर २८ तारिखदेखि हुने च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रले भाग लिनेछन्। श्रीलंकाले भने सहाभागीता जनाउने छैन।

सुरुमा श्रीलंकालाई समेत समावेश गर्दै ड्र गरिएको थियो। तर पछि श्रीलंकाले नखेल्ने भएपछि ६ टोलीलाई दुघ समूहमा विभाजन गरिएको हो।

सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेल तालिका सार्वजनिक गरिएको छ।

जसअनुसार नेपाल समूह बी मा परेको छ। नेपालको समूहमा बंगलादेश र पाकिस्तान छन्। यस्तै आयोजक भुटान, भारत र माल्दिभ्स समूह ए मा छन्।

च्याम्पियनसिप सेप्टेम्वर २८ देखि अक्टोबर ७ सम्म भुटानको चाङ्लिमिथाङ स्टेडियममा सञ्चालन हुनेछ। नेपालले सेप्टेम्वर २८ मा पहिलो खेल बंगलादेशसँग खेल्नेछ भने अक्टोवर २ मा पाकिस्तानसँग दोस्रो खेल खेल्नेछ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

च्याम्पियनसिपका लागि नेपालले भदौको पहिलो साताबाट तयारी सुरु गरेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell