PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परि २ बालकको मृत्यु



रासस

अफगानिस्तानमा बारुदी सुरुङ विस्फोटमा परि २ बालकको मृत्यु

काठमाडाैं । अफगानिस्तानको पश्चिमी प्रान्त बादघिसमा भएको एक बारुदी सुरुङ विस्फोटमा परी दुई बालकको मृत्यु भएको छ । 
प्रान्तीय राजधानी काला–ए–नाउ शहरको पूर्वमा पर्ने जिल्ला कादिसमा रहेको एक गाउँमा सोमबार साँझ सो विस्फोटन भएको प्रान्तीय प्रहरी प्रवक्ता नकिबुल्लाह अमिनीले सिन्ह्वा समाचार समितिलाई बताए ।

आक्रमणमा मारिनेहरुमा ११ र १३ वर्षका बालबालिका छन्।  सुरक्षा अधिकारीहरुलाई लक्षित गरि बारुदी सुरुङ र सडकको किनारमा बम आक्रमण इस्लामिक स्टेट्स र तालिबान आतङ्ककाकारीहरुले बारम्बार गर्दै आएका छन्। तर, कतिपय अवस्थामा सर्वसाधारण पनि हताहत हुने गरेको पाइन्छ ।

गत शुक्रबार फर्याब प्रान्तमा भएको यस्तै आक्रमणमा परी आठ बालबालिकाको मृत्यु भएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell