PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मला प्रकरणः ३० दिनको अनुसन्धानपछि समितिले बुझायो प्रतिवेदन, अनुसन्धानमा प्रहरीको त्रुटि



पहिलोपोस्ट

निर्मला प्रकरणः ३० दिनको अनुसन्धानपछि समितिले बुझायो प्रतिवेदन, अनुसन्धानमा प्रहरीको त्रुटि

काठमाडौँ : १३ वर्षीया निर्मला पन्तको घटनाबारे छानबिन गर्ने गठित समितिले अनुसन्धान टुंगिएको छ। एक महिना लामो अनुसन्धानपछि समितिले मङ्गलवार प्रतिवेदन बुझाएको हो। समितिका संयोजक सह-सचिव हरि मैनाली सहितको समितिले गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो।

सरकारले कञ्चनपुर घटना विवादास्पद बन्दै गएपछि भदौ ७ मा छानबिन गर्न कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। १५ दिनभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउनु भने पनि अनुसन्धान जटिल बन्दै गएपछि १५ दिन म्याद थप गरिएको थियो।

समितिले बुझाएको प्रतिवेदनमा प्रहरीको अनुसन्धानमा गल्ती भएको निष्कर्ष निकालेको छ।

'प्रहरीको प्रारम्भीक अनुसन्धानमा केही लापरबाही देखिएको छ,' समितिका एक सदस्यले भने। प्रहरीले घटनाको मुख्य अभियुक्त बनाएका २४ वर्षीय दिलिपसिंह विष्टको डिएनए परीक्षण नमिलेपछि उनी रिहा भइसकेका छन्।

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो? प्रहरीको अनुसन्धान कस्तो देखियो? एसपी विष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो? थप अनुसन्धानको लागि सुझाव लगायत विषय प्रतिवेदनमा समेटिएको छ।

समितिको प्रारम्भीक अनुसन्धानको अनुसार नै गृहमन्त्रालयले तत्कालीन कञ्चनपुर जिल्लाका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, डिएसपी अङ्गुर जिसी, ज्ञानबहादुर सेती लगायत ६ जना प्रहरीलाई निलम्बित गरेको थियो।
सम्वन्धित समचार
निर्मला प्रकरण : एकले अर्कोलाई दोष थुपार्दै प्रहरी, दुई प्रहरीको म्यासेज देखियो 'शंकास्पद'

निर्मला प्रकरणमा नपत्याइएको कुकुरः ब्लड हाउन्डको आशा लाग्ने अनुसन्धान

निर्मला प्रकरण थप रहस्यमय बन्दै : सिसीटिभीतिर अनुसन्धानको भर, गर्ला त प्रहरीले रिकभर?

निर्मला प्रकरण : निलम्बित ६ प्रहरीको बयान लिइयो, अन्य १६ प्रहरी पनि छानविनको घेरामा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell