PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्ने तयारी



सविन ढकाल

पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्ने तयारी

काठमाडौँ : पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। 

पुल निर्माण पाएको ठेक्का समयमा नै नसक्दा दुर्घटनाको घटना भएको भन्दै अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार ढकालले जानकारी दिए।

रौतहटको लालबकैया नदीमा भदौको पहिलो साता भएको डुङ्गा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो। नदीमा पुल नबन्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोसित बनेका थिए। पुल निर्माणको जिम्मा पप्पु कन्स्ट्रक्सनले पाएको थियो। घटनालाई लिएर पटक पटक बोलाउँदा पनि नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएको एसपी ढकालले जानकारी दिए।

अदालतले सोमवार पुर्जी जारी गरेको छ। प्रहरीले आज रौनियारलाई खबर गर्दा नआए प्रहरी टोली पठाएर पक्राउ गर्ने तयारी गरेको छ। 

पप्पु कन्स्ट्रक्सनले देशभरि लिएका अधिकांश निर्माण कार्य पूरा नगरेको, गरेको ठाउँमा पनि गुणस्तर काम नभएको आरोप लाग्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell