PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फिफा बेस्ट अवार्ड : नेपालका कप्तान र कोचको भोट काम लागेन, पत्रकार रिजालको भोट मोडरिचलाई



पहिलोपोस्ट

फिफा बेस्ट अवार्ड : नेपालका कप्तान र कोचको भोट काम लागेन, पत्रकार रिजालको भोट मोडरिचलाई

क्रोएसियाका कप्तान लुका मोडरिचले सोमबार राती भएको फिफा बेस्ट अवार्ड जित्दै क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको अधिप्त तोडिदिए।

विश्वभरका कप्तान, कोच, मिडिया पर्सन र फ्यानले दिएको मतको आधारमा ३३ वर्षिय मिडफिल्डर मोडरिच पहिलो पटक विश्वकै उत्कृष्ट खेलाडी चनय भए।

नेपालबाट पनि फिफा बेस्ट अवार्डका लागि भोट गएकधो थियो। नेपाली कप्तान र कोचको भोट काम लागेन र भने खेल पत्रकार रितेश रिजालले भोट हालै खेलाडी मोडरिचले अवार्ड दिए।

रिजालले पहिलो नम्वरमा मोडरिचलाई भोट दिएका थिए भने रोनाल्डोलाई दोस्रो र मेसीलाई तेस्रो नम्वरमा भोट दिएका थिए। नेपाली कप्तान विराज महर्जनले पहिलो नम्वरमा रोनाल्डो, दोस्रो नम्वरमा केभिन डे ब्रुएना र तेस्रो नम्वरमा एन्टोन ग्रीजमनलाई भोट दिएका थिए।

यसैगरी कोच योतुको कोजीले पहिलो नम्वरमा एडेन हाजार्ड, दोस्रो नम्वरमा ग्रीजन र तेस्रो नम्वरमा रोनाल्डोलाई भोट दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell