PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तनहुँमा ट्रक र माइक्रोबस एकापसमा ठोक्किए, दुई जनाको मृत्यु



पहिलोपोस्ट

तनहुँमा ट्रक र माइक्रोबस एकापसमा ठोक्किए, दुई जनाको मृत्यु

दमौलीः तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ।

पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु १ ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ३ ख ४४४२ नं को माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठक्किँदा दुबै जनाको मृत्यु भएको हो। उनीहरुको नाम र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

दुर्घटनामा आठ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell