PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एन्फा चुनावमा लाखौँ अनियमितता भएको कुँवरको आरोप, न्यायालयमाथि नै प्रश्न!



पहिलोपोस्ट

एन्फा चुनावमा लाखौँ अनियमितता भएको कुँवरको आरोप, न्यायालयमाथि नै प्रश्न!

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को गत वैशाखमा भएको निर्वाचनमा लाखौँ रकम अनियमितता भएको र निर्वाचन कमिटीलाई समेत किनेर वर्तमान नेतृत्वले चुनाव जितेको आरोप लागेको छ।

एन्फा पूर्व अध्यक्ष तथा साफका वर्तमान अध्यक्ष समेत रहेका मणि कुँवरले सोमवार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन्।

गत वैशाख २२ गते भएको चुनावमा अध्यक्षको उम्मेदवारी दिएर पनि चुनावको एकदिन अघि भाग लिन्न भनेर घोषणा गरेका कुँवरले चुनाव भएको झण्डै ६ महिनापछि यस्तो आरोप लगाएका हुन्।

उनले विभिन्न ६ बुँदामा अनियमितता गरेर वर्तमान एन्फा कार्यसमितिले चुनाव जितेको बताएका छन्। साथै उनले आफूसँग अहिले यी सबै विषयको प्रमाण प्राप्त भएको समेत बताएका छन्। 'त्यतिखेर मसँग पुरा प्रमाण थिएन। अहिले मसँग सबै प्रमाणहरु छन्। यसबारेमा मैले फिफा र एएफसीमा समेत जानकारी गराएको छु। दुवै संस्थाको महासचिवबाट उक्त जानकारी एथिक्स कमिटिसम्म पुगिसकेको छ।' कुँवरले पत्रकार सम्मलेनमा भने।

उनले आफूसँग सबै ६ बुँदाको पर्याप्त प्रमाण भएको भन्दै चुनाव अगाडी निर्वाचित प्रतिनिधीलाई आर्थिक प्रलोभनमा पारेको, विभिन्न प्रतिनिधिलाई मोटो रकम वितरण गरेको, न्यायालयलाई समेत आर्थिक प्रलोभनमा पारेको, निर्वाचन कमिटीलाई पनि किनेको आरोप लगाएका छन्।

एन्फाको चुनावमा सहभागी नभएका कुँवरले निर्वाचन कमिटीमा रहेका सुमन केसी र राजभाई मानन्धरले आर्थिक लेनदेन गरेको समेत आरोप लगाए। बाँकी एकजनाले भने आर्थिक चलखेल नगरेको उनको भनाई छ।

अब आफूले फिफा र एएफसीको निर्ण कुर्ने र त्यसपछि कसरी अगाडी बढ्ने भन्ने निर्णय हुने बताए।

न्यालयलाई समेत प्रश्न उठाएका कुँवरले त्यसपछि आफूलाई सहयोग नभए लेगन रुपमै अगाडी बढ्ने समेत प्रष्ट पारे।

उनले आफूसँग एन्फा चुनावमा भएको अनियमितता बारे सम्पूर्ण प्रमाण उपलब्ध भएपनि अहिले छानविनका क्रममा रहेकाले त्यसलाई बाहिर ल्याउन नमिल्ने बताए।


 

कुँवरले वर्तमान एन्फा नेतृत्वलाई लगाएको ६ आरोप:

१. निर्वाचन कमिटिलाई ज्यान मार्ने धम्की तथा आर्थिक प्रलोभनमा पारेको।
२. मतदातालाई प्रत्यक्ष रुपमा पैसा बाँड्ने काम गरेको।
३. मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने गर्ने उद्देश्यमा देशका विभिन्न स्थान तथा भारतमा समेत लगेर ठुलो धनराशी खर्च गरेको।
४. चुनाव लगत्तै मतदातालई युरोप भ्रमणमा लगेको।
५. न्यायलयलाई समेत आर्थिक लेनदेनबाट प्रभावित पार्ने काम गरेको।
६. निर्वाचन दौरान मतदाता तथा अन्य सहयोगीलाई सयौंको सङ्ख्यामा हवाई टिकट उपलब्ध गराएको।


आरोप प्रमाणि गर्न चुनौती दिन्छौँ : प्रवक्ता राई 

यसैबीच एन्फा प्रवक्ता किरण राईले लगाएको आरोपको खण्डन गर्दै आरोप प्रमाणित गर्न कुँवरलाई चुनौती दिएका छन्। “तत्कालीन अवस्थामा उहाँहरुकै नेतृत्वले निर्वाचन कमिटी गठन गरेको हो, त्यही कमिटीले गरेको निर्वाचनलाई गलत व्यख्या गर्नु ठीक होइन।” राईले भने। 

अदालतको विषयमा बोल्नु अदालतको मानहनी हो भन्दै उनले निर्वाचन भएको पाँच महिनापछि निर्वाचित कमिटीमाथि विभिन्न आरोप लगाउनु हार मानसिकताको उपज वाहेक अरु केहि नभएको बताए। 

आरोप प्रमाणत भए सजाय भोग्न तयार रहेको पनि उनले प्रष्ट पारे।  राससको सहयोग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell