PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

लुटपाटमा संलग्न भएको आरोपमा हङकङमा एक नेपाली पक्राउ



लुटपाटमा संलग्न भएको आरोपमा हङकङमा एक नेपाली पक्राउ

काठमाडौं: हाइप्रोफाइल लुटपाटमा कनेक्सन भएको अभियोगमा हङकङमा एक नेपाली पक्राउ परेका छन्। गत शुक्रवार हङहोममा करिब सात लाख ८६ हजार डलर लुटिएको घटनासँग कनेक्सन भएको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

शुक्रवार चार जनाले दुई वटा गहना पसलका कामदारलाई नियन्त्रणमा लिइ उनीहरुले लुटपाट गरेका थिए।

प्रहरीले २४ वर्षीय ती नेपालीलाई प्रहरीले इयाउ मा थईबाट सोही दिन राती साढे ९ बजे पक्राउ गरेको हो। तर प्रहरीले उनीसँगबाट चोरीसँग सम्बन्धित कुनै पनि सामाग्री बरामद गरेको छैन। उनीसँगबाट प्रहरीले केही मात्रामा गाँजा बरामद गरेको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ।

उनीमाथि लुटपाट, लागुऔषध सम्बन्धी मुद्दामा अभियुक्त बनाई कोलुन सीटी कोर्टमा आज पेश गरिँदै छ।

प्रहरीले थप तीन जनाको खोजी गरिरहेको छ। प्रहरीले तीन जना फरार अभियुक्त पनि दक्षिण एसियाली मुलका नागरिक भएको अनुमान गरेको छ। उनीहरुले दुई वटा गहना पसलबाट ७ लाख ४० हजार अमेरिकी डलर र तीन लाख ६३ हजार ६० हङकङ डलर (४६ हजार डलर) गरी ७ लाख ८६ हजार डलर सँगै ६ वटा चेक लुटेका थिए।

लुटपाटपछि लुटेराहरु सेतो होण्डा कारमा भागेका थिए। प्रहरीले सो कार ओलम्पियन सिटी बाहिर सोही दिन फेला पारेका थियो। त्यहाँ प्रहरीले रगत लागेको चक्कु, उनीहरुले लगाएको ह्याट र मास्कसमेत बरामद गरेको थियो।

उक्त कार गत महिना चोरी भएको प्रहरीले जनाएको छ। सो घटनामा दुई जना घाइते भएका थिए। एक जनाको अवस्था गम्भीर रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell