PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतीयलाई दिएको नेपाली नागरिकता तत्काल खारेज गर्न केसीको माग



भारतीयलाई दिएको नेपाली नागरिकता तत्काल खारेज गर्न केसीको माग

काठमाडौं: राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानवीन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेका हुन्। सोमवार काठमाडौंमा आयोजित नागरिकता विधेयकसम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्रसहित नागरिकतासम्बन्धि विधेयक ल्याइएको भन्दै त्यसलाई फिर्ता लिन पनि सरकारलाई दबाब दिए।

केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भईरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन पनि नागरिक समाजका अगुवाहरुलाई आग्रह गरे।

अध्यक्ष केसीले भारतले नेपालमा वंशजको आधारमा आफ्ना नागरिकलाई नागरिकता दिलाउन कर्मचारीहरुलाई समेत प्रयोग गर्न सक्ने आशंका पनि व्यक्त गरे। राष्ट्रलाई जोगाउन पनि अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न ढिलाई गर्न नहुने अध्यक्ष केसीको भनाई छ। केसीले भारतले आफ्ना नागरिकलाई नेपाली नागरिकता दिलाउन अनेक दबाब दिने काम गरिरहेको दावी पनि गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell