PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

उपराष्ट्रपति पुन स्वदेश फिर्ता



उपराष्ट्रपति पुन स्वदेश फिर्ता

काठमाडौं: उपराष्ट्रपति नन्दबहादुर पुन चीनको औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फिर्ता भएका छन्।

उपराष्ट्रपति पुन चीनको ६ दिने औंपचारिक भ्रमण पूरा गरी सोमवार विहान काठमाडौं आइपुगेका हुन्। उपराष्ट्रपति पुनलाई प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापालगायतले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

उपराष्ट्रपति पुन चीनको सिचुवान प्रान्तको छेन्दुमा आयोजित ‘१७ औं पश्चिम चीन अन्तराष्ट्रिय मेला’ मा सहभागी हुन चीन पुगेका हुन्। सोही क्रममा पुनले ‘वान बेल्ट, वान रोड’ सम्बन्धि कार्यक्रममा पनि सहभागी भएका थिए। उपराष्ट्रपति पुनले चीन बसाईँको क्रममा सिचुवानमा संचालित विभिन्न विकास परियोजना अवलोकन भ्रमण समेत गरेका थिए। उनले चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीका सिचुवान प्रान्तका नेतृत्व र सरकारी अधिकारीहरुसँग पनि शिष्टाचार भेट गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell